नेभिगेशन
मनोरञ्जन

चंगाचेट २ मा विपिन अनुबन्धित

काठमाडौं–पाँच वर्ष अघि रिलिज हिट फिल्म ‘चंगाचेट’को सिक्वेल ‘चंगाचेट २’ मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् । फिल्मकी निर्माता शर्मिला पाण्डेले निर्देशक दीपेन्द्र के खनाल र विपिन कार्कीसहितको तस्वीर सामाजिक सञ्जालमा राख्दै विपिन फिल्ममा अनुबन्धित भएको पुष्टि गरेकी छन् । निर्माण कम्पनी डीएस डिजिटल र विपिनबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यसअघि फिल्ममा अर्पण थापा अनुबन्धित भइसकेका छन् । निर्मात्री पाण्डेका अनुसार अभिनेत्री चाँडै फाइनल हुनेछिन् । फिल्मको छायांकन मंसीरको पहिलो सातादेखि जनकपुरमा सुरु हुनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

ज्याकलिनसँग शिखर धवनको गीत आउदै