नेभिगेशन
जीवनयापन

सन्तानेश्वर महादेवमा सन्तान आशा (तस्वीरहरु)

काठमाडौ–आज पुत्रदा एकादशी । आजको दिन विशेष गरी सन्तान नहुने दम्पतिले ब्रत बसे पुत्र प्राप्त हुने धार्मिक मान्यता रहेको छ। धार्मिक मान्यताअनुसार सन्तान तथा छोराछोरी नभएकाहरु सबैले पुत्रदा एकादशीको भक्तिभावका साथ व्रत लिनु फलदायी हुने धार्मिक विश्वास रहेको छ । पद्म पुराणअनुसार सन्तान, सुख तथा आनन्द प्राप्तीको लागि पुत्रदा एकादशीको ब्रत लिने गरिन्छ । धार्मिक मान्यताअनुसार प्राचिनकालमा भद्रावतीपुरी नगरमा राजा सुकेतुमानले पनि विधि पुर्याएर पुत्रदा एकादशीको ब्रत बसेको कारण छोरा प्राप्त भएको उदाहरण छ। सोहि अनुरुप व्रतका प्रभावले उनलाई पुत्र प्राप्ति भएको पौराणिक मान्यताअनुसार आज पनि पुत्रदा एकादशी व्रत महत्वपूर्ण मानिन्छ । आज साउन महिनाको चौथो सोमबार । आजको दिन अर्थात पुत्रदा एकादशीको अवसरमा विशेष गरि गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा रहेको सन्तानेश्वर महादेवको मन्दिरमा विशेष पुजा तथा मेला लाग्ने गर्दछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय