नेभिगेशन
समाचार

सत्ता सञ्चालनको कुरा दिल्लीमा होइन, जनताको बीचमा हुनुपर्छ : बिजुक्छे

पोखरा - नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेको सत्तारूढ दलहरू जनताविरुद्धमा गएको आरोप लगाएका छन् ।

आज (शुक्रबार) पोखरामा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले राजनीतिक पार्टीहरू चुनावअघि जनतामाझ लगेका घोषणापत्र कार्यान्वयन गर्नमा नलागेको बताए ।

चुनावमा गठबन्धन गर्नुभन्दा पहिले चुनाव घोषणापत्र आवश्यक रहेको अध्यक्ष बिजुक्छेको भनाइ छ । उनले चुनावलाई कसरी लैजाने ? देशमा ती पार्टीहरूको बहुमत आयो भने, सरकारमा गयो भने, के काम जनताका निम्ति गर्ने ? देशको निम्ति गर्ने, त्यो स्पष्ट भाषामा आउन जरुरी रहेको बताएका छन् ।

वामपन्थीहरू तोड्न सिद्धान्त नमिल्ने दक्षिणपन्थीसँग मिलेर सरकार बनाउन नपाइने उनको मत छ । अहिलेका कम्युनिस्ट पार्टीहरू जनताको अभिमतलाई कुल्चिएर, जनताको आदेशलाई उल्लङ्घन गरेर कहिले काँग्रेससँग र कहिले राप्रपासँग मिल्ने गरेको भन्दै यो सिद्धान्त विपरीतको कुरा भएको बताए । अध्यक्ष बिजुक्छेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै सत्ता सञ्चालनको कुरा दिल्लीमा नभइ जनताको बीचमा हुनुपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार