नेभिगेशन
समाचार

माधव नेपालले भने, ‘राजनीति गर्न सजिलो छैन’

काठमाडौँ - सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मावधकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन् ।

आज (शुक्रबार) लतिपुरमा एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनल पुराना महिला योद्धाहरुलाई राजनीति गर्न झन गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएकोे बताए ।

‘पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो थियो । राजनीति गर्ने कुरा सजिलो हुँदैन । अहिलेसम्म पनि देखिन्छ । राजनीति सजिलो यात्रा होइन । सजिलो गरी सम्भव छैन । राजनीतिमा धेरै चिजहरुको चुनौती सामान गर्नुपर्छ । तर सबैभन्दा ठूलो कुरा के हो भने राजनीतिको उद्देश्य जनताको सेवा गर्ने हो, समाज परिवर्तन गर्ने र देशको गरिमालाई माथि उठाउने हो भने त्यही अनुसारको आचारण हुनुपर्छ’, अध्यक्ष नेपालले भने ।

कम्युनिष्ट पार्टीका संस्थापक नेताहरु तथा पुराना योद्धाहरुबाट प्रेरणा लिन, सम्मान गर्न र उनीहरुको योगदानको प्रसंशा गर्नसके मात्र इतिहासको कदर गरेको ठहरिने उनको भनाइ थियो । अध्यक्ष नेपालले अहिलेका राजनीतिक नेतृत्वले इतिहासको कदर गर्नसक्यो भने मात्रै भविष्यले वर्तमानको कदर गर्ने उल्लेख गरे । ‘हामीले इतिहासको कदर गर्नसक्यौ भने भविष्यले वर्तमानको कदर गर्नेछ’, उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार