नेभिगेशन
मनोरञ्जन

एकल साँझमा रेशमका गीत

काठमाडौं– २५ वर्षदेखि सांगीतिक क्षेत्रमा संगीत संयोजनको भूमिका निभाउँदै आएका एरेञ्जर राजु खड्काको संगीत संयोजनमा गायक रेशमकुमार विश्वकर्माको एकल सांगीतिक साँझ राजधानीमा सम्पन्न भएको छ । संगीतकार राजु सिंह, फिल्मकर्मी मिनसागर लामा, स्टुडियो काठमाण्डु डिजिटलका सञ्चालक एवं ध्वनी सम्पादक डिका गुरुङ, संगीतकार, तथा संगीत संयोजक पवनवाङ लामा, गायक प्रेम लोप्चनलगायतको उपस्थितिमा रेशमले विभिन्न गीत सुनाएका थिए । कार्यक्रममा २२ वर्षदेखि नेपाली लोकगीत क्षेत्रमा सक्रिय गायक राजु परियार र २५ वर्षभन्दा बढी समयदेखि लोक गीतसंगीतमा प्रयोग हुने नेपाली मौलिक बाजा सहनाई बादकका एकमात्र कलाकार सहनाई बादक बलबहादुर जैरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा रेशमसँगै ३० भन्दा बढी गायकगायिकाले गीतसंगीत प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना