नेभिगेशन
मनोरञ्जन

अमेरिकामा नेपाली फिल्मबारे चिन्तन

काठमाडौं– समस्यामा रहेका नेपाली फिल्मकर्मीहरुका लागि आर्थिक सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय नेपाली चलचित्र निर्देशक समूह अमेरिकाको संयोजनमा अमेरिकामा रहेको फिल्म निर्माता, निर्देशक तथा कलाकारहरुबीच वृहत भेटघाट सम्पन्न भएको छ । पहिलो पटक आयोजना गरिएको भेलामा अमेरिका बसेर नेपाली फिल्मको विकास र विस्तारमा कसरी सहयोग पुर्‍याउनेबारे छलफल गरिएको छ । यो कार्यक्रम अमेरिकाको न्यूह्यामशयर राज्यको क्लेरमन्ट शहरमा भएको हो । निर्देशक सुमन दाहालले आफुहरुले अमेरिकामा रहेर पनि कसरी राम्रो फिल्म निर्माण गर्न सकिन्छ भनेर छलफल गरेको बताए । उनले अमेरिका भएका सबैलाई समेट्ने प्रयास गर्दागर्दै धेरैको सहभागिता हुन विभिन्न परिस्थितिले सम्भव नभएको बताए । भेटघाटमा करिब ६० जना फिल्मकर्मीको उपस्थिति थियो । कार्यक्रममा किशोर सुब्बा, दिनेश कार्की, कृष्ण चापागाई, गोपालचन्द्र लामिछाने, अनिल संग्रौला, सुमन दाहाल, शिवहरी पौडेल, मनोज तिमिल्सिना तथा विकास घलेको उपस्थिति रहेको थियो । त्यसैगरी अभिनेताहरू अमृत लामा, राहुल केसी, सुन्दर श्रेष्ठ तथा दिनेश थापाको उपस्थिति रहेको थियो । अभिनेत्रीहरूमा अरूणा कार्की, सम्झना खडका, अनुशुया श्रेष्ठ वन्त पनि उपस्थित थिए । भेटघाट कार्यक्रममा गोपाल अधिकारी (ट्वाकेन्द्र), निर्माता ध्रुव वन्त पत्रकार सन्तोष रिमाल, संगीतकार श्याम नेपाली, गायिका पविता परियार, गायक तिलक श्रेष्ठ, कलाकार रञ्जन बुढाथोकी, गीतकार अग्नि शर्मा, नृत्य निर्देशक देवी थापा, निर्मात्री प्रभा चापागाईको पनि उपस्थिति थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना