नेभिगेशन
समाचार

ओलीको जासुसी गर्न कोही गुप्तचर खटाइएको छैन : सरकार

काठमाडौँ - सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जासुसीका लागि कोही गुप्तचर नखटाइएको स्पष्टीकरण दिएको छ ।

बिहीबार परराष्ट्र मामिलाका पत्रकारहरूसँगको अन्तरक्रियाका क्रममा एमाले अध्यक्ष ओलीले आफूविरुद्ध जासुसीका लागि सरकारले सादा पोसाकमा चार जना गुप्तचर आफ्नो घर वरपर खटाएको बताए । ओलीको उक्त भनाइको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद्का निणर्य सार्वजनिक गर्ने क्रममा खण्डन गरेका हुन् ।

सरकारका प्रवक्ता कार्कीले भने, ‘केही सञ्चारमाध्यममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरीका लागि सरकारले गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापिङ गरी वैयक्तिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको कुरा स्पष्ट पार्न चाहन्छु यस्तो भ्रममा कोही पनि नपर्नु हुन अनुरोध गर्दछु ।’

उनले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत छ रहेको बताउँदै भने, ’यसको सम्मान र सम्वर्द्धन गर्न प्रतिवद्ध छ भन्ने कुरा पनि म जानकारी गराउन चाहन्छु ।’ ओलीले बिहीबार नागरिकको वैयक्तिक जीवनमा सरकारले हस्तक्षेप गरेको भन्दै प्रश्न उठाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार