नेभिगेशन
समाचार

एमाले अध्यक्ष ओलीसँग चुनाव लड्ने माओवादी नेता रञ्जित तामाङको घोषणा

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व विद्यार्थी अध्यक्ष रञ्जित तामाङ चुनाव लड्ने घोषणा गरेका छन् । झापा क्षेत्र नम्बर ५ बाट ओलीविरुद्ध तामाङ चुनावी प्रतिस्पर्धामा उत्रिने भएका हुन् । सरकारले मंसिर ४ गते चुनावको समिति घोषणा गरेपछि तामाङले ओलीसँग चुनाव लड्ने सार्वजनिक गरेका हुन् । पाँच दलीय गठबन्धनमा सहभागी माओवादी नेता तामाङले टिकट पाए आफू ओलीविरुद्ध चुनाव लड्ने बताए । तामाङले भने, ‘गठबन्धनबाट झापा क्षेत्र नम्बर ५ माओवादी भागमा परेमा म केपी कमरेडविरुद्ध उठ्छु । चुनाव जितेरै देखाउँछु ।’ गठबन्धनबाट आफूले टिकट पाउने भएकाले ओलीसँगै चुनाव लडिने तामाङको भनाई छ । २०७४ सालको चुनावमा ओलीले ५७ हजार १३९ मत ल्याएर विजयी भएका थिए । ओलीका प्रतिद्वन्द्वी काँग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए । ओलीले माओवादी र राप्रपासँग गठबन्धन गरेर चुनाव जितेका थिए । काँग्रेसका अधिकारी एकल रुपमा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला कुल १ लाख ३७ हजार ५१४ मत रहेकोमा ९३ हजार ४८ मत खसेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार