नेभिगेशन
समाचार

नेता रावलको दावी : गठबन्धन दलको चुनावी तालमेल संविधान विपरित

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा प्रतिनिधिसभा सदस्य डा. भीम रावलले सत्तारुढ गठबन्धन दलको चुनावी तालमेल संविधान विपरित भएको बताएका छन् ।

आज (शुक्रबार) काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै नेता रावलले गठबन्धनमा आवद्ध राजनीतिक दलहरूको आ-आफ्नो सिद्धान्त भएको बताएका छन् । उनले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत हुने दावी गरे । उनले जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरित सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्नु गलत भएको बताए ।

नेता रावलले यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहिन, आर्दशहिन र गन्तव्यहिन दिशातर्फ धकेल्ने बताए । आगामी निर्वाचनमा सबै राजनीतिक दलहरुले आ-आफ्नो सिद्धान्त र नीतिमा अगाडि बढेर आफ्नो घोषणापत्रका आधारमा मत माग्नुपर्ने उनको भनाइ छ । उनले नेकपा (एमाले) को समान विचार, समान दर्शन र समान कार्यक्रम भएका राजनीतिक दलहरूलाई मात्र एक ठाउँमा ल्याउने नीति रहेको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार