नेभिगेशन
समाचार

चुनावबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ - सत्तारुढ दलहरुको गठबन्धनको बैठक अहिले चलिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेदेखि बैठक चलिरहेको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

उनका अनुसार बैठकमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनावबारे छलफल भइरहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता उपस्थिति छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार