नेभिगेशन
विज्ञान प्रविधि

६ लाख घुससहित पक्राउ परेका उपसचिवको गाडीबाट थप साढे १६ लाख बरामद

काठमाडौँ - ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयका उपसचिव नेपालको साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको हो । गाडीमा भेटिएको यो रकमसहित उनको साथबाट साढे २२ लाख रुपैयाँ बरामद भएको छ । यसअघि आयोगले उपसचिव नेपाललाई नागपोखरीको एक होटलबाट ६ लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरेको थियो । उनले पर्यटन व्यवसाय दर्ताका लागि घुस लिइरहेको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्