नेभिगेशन
मनोरञ्जन

रामबाबुको फूलबारीमा प्रियंका

काठमाडौं– फिल्म ‘कबड्डी’का निर्देशक फेम्ड रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ फिल्म ‘फूलबारी’मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन् । फिल्मका लागि यसअघि नै अभिनेता दयाहाङ राई र विपिन कार्की फाइनल भइसकेका छन् । भदौ १३ गतेदेखि छायांकन सुरु हुने फिल्ममा अरुणा कार्की, सोम खनाललगायतका कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ । अभिभावक र सन्तानको कथा बोल्ने फिल्ममा विपिनले ५८ वर्षे व्यक्तिको भूमिकामा अभिनय गर्नेछन् । फिल्म यशोधा फिल्म्सको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना