नेभिगेशन
जीवनयापन

उपसचिवले कुटे संसद सचिवालयका चालक

काठमाडौँ– महान्यायाधिवक्ताको कार्यालयका उपसचिव बुद्धि श्रेष्ठले संसद सचिवालयमा कार्यरत सवारी चालक हरिराम रुपाखेतीमाथि हातपात गरेका छन् । आइतबार श्रेष्ठले चालक रुपाखेतीमाथि हातपात गरेका हुन् । सामान्य भनाभनमा श्रेष्ठले चालकलाई कुटेको बुझिएको छ । चालकले असुरक्षित महसुस गरेको भन्दै दुई दिनदेखि कर्मचारी बोक्ने गाडी नचलाउँदा व्यवस्थापनमा समस्या भएको संसद सचिवालयका सवारी व्यवस्थापन शाखाका प्रमुख कान्छा दुलालले बताए । उनका अनुसार ट्रेड युनियनसँग पनि छलफल भएको छ । आफू गाडी चढ्ने बेला चालकले अगाडि बढाएको भन्दै श्रेष्ठले सिंहदरबार गेट आइपुगेपछि चालकमाथि हातपात गरेका थिए । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे सचिवालयका चालकलाई महान्यायाधिवक्ताको कार्यालयका उपसचिव श्रेष्ठले थप्पड हानेको उल्लेख गर्दै कानुनी प्रक्रियामा जाने तयारी गरिएको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन