नेभिगेशन
जीवनयापन

भीमसेन थापाको जन्मजयन्तीमा सार्वजनिक बिदा

गोरखा– गोरखाको भीमसेन थापा गाउँपालिकाले राष्ट्रिय विभूति भीसमेन थापाको जन्मजयन्तीको अवसरमा आज गाउँपालिकाभित्र सार्वजनिक बिदा दिएको छ ।

राष्ट्रिय विभूति थापाको २४७औँ जन्मजयन्तीको अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।

“यो गाउँपालिका थापाको जन्मथलो भएकाले उहाँको सम्झना र सम्मानमा आज जन्मजयन्तीको अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिइएको हो,” उनले भने ।

सार्वजनिक बिदाको दिन पालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, सङ्घसंस्था बन्द हुने गाउँपालिकाले जनाएको छ ।

जन्मजयन्तीका अवसरमा आजै गाउँपालिकाको वडा नं ८ स्थित थापाको जन्मथलो बोर्लाङको पिपलथोकस्थित हवेली दरबार परिसरमा निर्माण गरिएको थापाको पूर्णकदको शालिक अनावरण गर्ने कार्यक्रमसमेत रहेको छ ।

“असार २९ गते बसेको गाउँ कार्यपालिकाको बैठकले पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो,” अध्यक्ष बन्जराले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन