नेभिगेशन
जीवनयापन

मखनस्थित महेन्द्रेश्वर महादेवको मन्दिरमा व्रतालुको भीड (तस्वीरहरू)

काठमाडौँ– साउन महिनाको दोस्रो सोमबार आज व्रतालुहरुले भगवान शिवको पूजा आरधाना गर्दछन् । साउने व्रत बस्नेहरुको आज पशुपतिनाथका साथै देशभरका शिवालयमा घुइँचो लागेको छ । काठमाडौँको हनुमानढोका परिसरमा रहेको मखन टोलस्थित महेन्द्रेश्वर महादेवको मन्दिरमा पनि बिहानैदेखि व्रतालुहरुको भीड लागेको छ । सोमबार आज बिहान ४ बजेदेखि व्रतालुहरु लाइनमा बसेका थिए । व्रतालुको लाइन इन्द्रचोकसम्म पुगेको थियो । यस्तो छ यस महादेव मन्दिरको इतिहास :

राजा महिन्द्र मल्लको पालामा पशुपतिनाथ दिनहुँ धाई धेरै भक्ती गरेको देखेर महादेव अत्ति खुशी भई "हे राजन ! अब देखि तिमी यहाँसम्म आईरहनु पर्दैन । तिमीले जहाँ आह्वान गर्छौ, म त्यहिं आई बसी दिनेछु" भन्ने आज्ञा अनुसार तत्कालिन दरवारको उत्तर दिशामा नेपाल संम्बत ६७४ सालमा श्री श्री पशुपतिनाथको जस्तै मन्दिर बनाई श्री महेन्द्रेश्वर महादेव प्रतिस्थापन गरि दिएको हुनाले मखन टोल स्थित महेन्द्रेश्वर महादेवलाई पशुपतिनाथको रुपमा पुज्ने गरिएको छ । बि. सं. १९९० महाभुकम्पमा यो मन्दिर भत्केर शिवलिंग समेत भाँचिएर उत्तर तर्फ फर्केर भासिएको थियो । पछि बि. सं. १९९५ मा जुद्ध शम्शेर राणाले शिवलिंगलाई माथि न उठाइ हालको देवल मात्र स्थापना गरि दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन