नेभिगेशन
जीवनयापन

नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

सर्लाही– सर्लाहीको हरिवनबाट नेपाली नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ४० वर्षीय लालमोहन पासवान रहेका छन् । पासवानलाई नेपाली नक्कली नोटसहित हरिवन नगरपालिका–११, हरिवन बजारस्थित कार्की पुस्तक पसल अगाडिबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । पासवानको साथबाट रु ५० हजार बरामद गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन