नेभिगेशन
समाचार

प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी

काठमाडौँ– नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । हेटौँडामा भएको नवौँ महाधिवेशनबाट लम्साल अध्यक्षमा निर्वाचित भएका हुन् । उनले अनिता बिन्दुलाई पराजित गरेका हुन् । मतपरिणाम औपचारिक रुपमा भने घोषणा गरिएको छैन । गणना सकेर मत रुजु गर्ने लगायत प्रकृया चलिरहेकाले आधिकारिक मत भने सार्वजनिक गर्न केही समय लाग्ने निर्वाचन समितिले जनाएको छ । लम्साल कांग्रेस नेता शेखर कोइराला पक्षबाट उम्मेदवार थिए भने विन्दु सभापति शेरबहादुर देउवा पक्षबाट उम्मेदवार थिइन् । यस्तै महासचिवमा कोइराला पक्षकै दिलिप पौडेल विजयी भएका छन् । यसैगरि बरिष्ठ उपाध्यक्षमा प्रेम केसीले संस्थापन पक्षका सरोज अधिकारीलाई हराएका छन् । यस्तै उपाध्क्षमा नकुल अर्याल र भिष्मराज ओझा विजयी भएका छन् । अर्याल गैर संस्थापन र ओझा संस्थापन पक्षका उम्मेदवार हुन् । यस्तै महिला उपाध्यक्षमा कोइराला पक्षकी सलोजा दाहाल विजयी भएकी छन् । उपमहासचिवमा महिलातर्फ दिलीपाश्री अधिकारी र सुलोचना गौतम निर्वाचित भएका छन् । कोषाध्यक्षमा माधव धिताल विजयी भएका छन् । उनी संस्थापन पक्षबाट उम्मेदवार थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार