नेभिगेशन
समाचार

संसद बैठकबाट नागरिकता विधेयक पारित गरिँदै

काठमाडौँ - नागरिकता विधेयक संसदबाट आजै (६ साउन) पारित गरिने भएको छ । गठबन्धनका दलबीच विधेयक प्रतिनिधि सभाबाट आजै पारित गर्ने सहमति भएको हो । अहिले बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक पहिलो संशोधनलाई पारित गरियोस् भन्ने प्रस्ताव संसदमा पेस गरेका छन् ।

नागरिक विधेयकमा गरिएका संशोधनका विषयमा अहिले सांसदहरूले धारणा राखिरहेका छन् । सरकारले विधेयकलाई छिटो पारित गर्न चाहेको हो । यसअघि प्रतिनिधि सभामा पुगेको नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराएको सरकारले यसमा छलफल गरी पारित गर्न लागेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार