नेभिगेशन
समाचार

पेरुमा जापानको नागरिक राष्ट्रपति भए जस्तो नहोस् : बास्कोटा

काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नागरिकता विधेयक रंग बदलेर ल्याइएको टिप्पणी गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा उनले भने, ‘रंग बदलेर मौसम बदलिए जस्तो बदलिन हुँदैनथ्यो । सत्ताको चास्नीले नागरिकताजस्तो विषयको रंग बदल्यो’, उनले भने ।

कसैले पनि वास्तविक नेपालीलाई नागरिकता दिन हुँदैन भनेर नभनेको उनको भनाइ छ । बास्कोटाले नागरिकताका प्रावधान कमजोर गरिएको बताए । डीभी भरेको देशले पनि खास अवधिको व्यवस्था गरेको उनको भनाइ छ । लचिलो हुने नाममा पेरु र फिजीको अवस्था आउन नहुनेमा उनको जोड छ । ‘लचिलो हुने नाममा जापानको नागरिक फुजीमोरी पेरुमा राष्ट्रपति भए जस्तो नहोस्’, उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार