नेभिगेशन
समाचार

‘नेपाली पुरुषसँग विदेशी महिलाले विहे गरे सात वर्षपछि नागरिकता पाउने प्रावधान राखौं’

काठमाडौं - सांसद खगराज अधिकारीले नागरिकता जस्तो संवेदनशील विषयलाई ख्याल ठट्टा नगर्न सचेत गराएका छन् । प्रतिनिधि सभामा नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै सांसद अधिकारीले सहमतिका साथ नागरिकता विधेयक पास गर्नुपर्ने बताए ।

कोहि नेपालीहरु अनागरिक नहुन् भन्ने उद्देश्यका साथ नागरिकता विधेयक आउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘नागरिकताको हकमा राष्ट्रिय स्वाधिनता हाम्रो हातमा छ । नेपाली पुरुषसँग विदेशी महिलाले विवाह गरिन् । तीनले अरु सबै अधिकार पाउछन्, नागरिकताको पूणर् अधिकार सात वर्षपछि पाउने प्रावधान राखौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार