नेभिगेशन
समाचार

एसपीपीबारे जानकारी दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे सरकारले गरेका निर्णय र त्यसको कार्यान्वयनबारे संसद्‌लाई जानकारी दिन रुलिङ गरेका छन् । सांसदहरूले उक्त विषय उठाएपछि सभामुखले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारलाई यसबारे जानकारी दिन रुलिङ गरेका हुन् । बैठकमा सभामुख सापकोटाले मन्त्रिपरिषद्ले गरेका निर्णय र कार्यान्वयनको अवस्थाबारे संसद्‌लाई जानकारी हुनुपर्ने बताए । एसपीपी सम्झौता कार्यान्वयन नगर्ने भनेर मन्त्रिपरिषद्ले निर्णय गरेको बताएको, संसदमै पनि यसबारे मन्त्रीहरुले जानकारी गराएको तर परराष्ट्र मन्त्रालयले यससम्बन्धि पत्र अमेरिकालाई नपठाएको भन्दै सांसदहरूले यसबारे सभामुखबाट रुलिङ हुनुपर्ने माग गर्दै आएका थिए । बिहीबारको बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र नेकपा एमालेका सांसद भीम रावलले एसपीपीबारे रुलिङ गर्नुपर्ने माग गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार