नेभिगेशन
समाचार

गठबन्धनलाई धेरै विश्वास गर्दा स्थानीय तह निर्वाचनमा सोचेजस्तो परिणाम आएन: नेपाल

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई धेरै विश्वास गर्दा सोचजस्तो परिणाम आउन नसकेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टीको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै नेपालले स्थानीय निर्वाचनमा गठबन्धनको गीत धेरै बढी गाएकाले सोचजस्तो परिणाम आउन नसकेको बताएका हुन् । अध्यक्ष नेपालले नयाँ पार्टी भएकाले पनि कतिपय स्थानमा चूनाव लड्ने आट नगरेको र केहि स्थानमा तालमेलको सहमति पालना नभएको गुनासो गरे । उनले आगामी निर्वाचनमा समानुपातिकमा २० देखि २५ सिट प्राप्त हुने र प्रत्यक्ष निर्वाचनमा पनि क्षमता बढ्ने उल्लेख गरे । अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीले एकलौटाी ढंगले पार्टी सञ्चालन गरेपछि बाध्य भएर बिद्रोह गरेको जिकिर गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार