नेभिगेशन
समाचार

सत्ता गठबन्धनले देशलाई नै झगडिया बनायो : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबधनले देशलाई नै झगडिया बनाएको आरोप लगाएका छन् । काठमाडौँमा आज आयोजित एमालेको बागमतीस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धनले राज्यका अंगहरुलाई जथाभावी दबाब दिने र दुरुपयोग गरिरहेको बताएका हुन् । ‘देशलाई नै गठबन्धनले झगडिया बनाएको छ । यो देशमा अरु विषयको त पढाइ बन्द गरे हुने भयो कानुनबाहेक ।’ उनले भने । महाअभियोग जस्ता कुराहरु लगाउने, मुद्दा हाल्ने र झगडिया खडा गर्ने काम गठबन्धनले गरेको ओलीको भनाइ छ । अब यी सबै विकृतिको समाधान भनेको निर्धारित समयमा निर्वाचन भएको उनले बताए । उनले भने, ‘यी सबै कुराको समाधान समयमा निर्वाचन गराउनु हो ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार