नेभिगेशन
समाचार

प्रतिनिधिसभा बैठक आज, यस्तो छ कार्यसूची

काठमाडौँ– प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने छन्।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सदनमा छलफलका लागि प्रस्तुत गर्ने छन्।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला तथा सामाजिक समितिको प्रतिवेदनसहितको जेष्ठ नगरिक (पहिलो संसोधन) विधेयक,२०७५ माथि छलफल गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने लगायतको कार्यसूची रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार