नेभिगेशन
समाचार

सिंहदरबारमा तीन दलको वैठक : समाजवादी केन्द्र निर्माणबारे छलफल

काठमाडौँ - समाजवादी केन्द्र निर्माणबारे छलफल गर्न सिंहदरबारमा तीन दलका नेताहरु जुटेका छन् । नेकपा माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेताहरुको छलफल शुरु भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्षमा भइरहेको छलफलमा अध्यक्ष प्रचण्डसहित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन सहभागी रहेको स्रोतले जानकारी दिएको छ ।

तीन दलीय छलफलअघि माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईबीच छलफल भएको थियो । माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गैरकांग्रेस, गैरएमालेको सामाजवादी केन्द्र बनाउने विषयको प्रस्ताव प्रचण्डले गरेका थिए । एकीकृत समाजवादी अध्यक्ष नेपालले हालै केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि नयाँ वामपन्थी गठबन्धन बन्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार