नेभिगेशन
समाचार

चीनियाँ नेता लीउको भक्तपुर घुमघाम र बिजुक्छेसँग भेट (फाेटाे फिचर)

भक्तपुर– चीनियाँ कम्युनिष्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ चियान छाओ र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेबीच भेटवार्ता भएको छ । राष्ट्रपती, प्रधानमन्त्री, ठुला दलका शिर्ष नेताहरु लगायतसँग भेट गरिसकेपछि लिउ विजुक्छेलाई भेट्न बुधबार भक्तपुर पुगेका हुन् । दुई नेताबीच पाँचतले डबलीमा भेटवार्ता भएको हो । भेटपछि दुबै नेताले भक्तपुर दरबार स्क्वाएर घुमेका थिए । चीनियाँ नेता लिउले भुकम्पले ढालेका सम्पदाको पुननिर्माण गर्न सफल भएकोमा धन्यबाद दिँदै यसबाट चीन खुशी भएको बताएका थिए । नेता लिउलाई भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतीलगायत पदाधिकारीले स्वागत गरेका थिए ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार