नेभिगेशन
समाचार

जसपा फुटाएर संघीयता समाप्त पार्ने संस्थागत षड्यन्त्र हुँदैछ : मुख्यमन्त्री राउत

पर्सा - मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीयता समाप्त पार्ने योजनाअन्तर्गत चुनाव नजिकिंदै गरेका बेला जसपा फुटाउने षडयन्त्र भइरहेको बताएका छन् ।

वीरगञ्जमा आज (बुधबार) बाट शुरु भएको जसपाको केन्द्रीय समितिको बैठकमा बोल्दै जसपाका केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका मुख्यमन्त्री राउतले संघीयता मन नपराउने तत्वहरूले जसपा फुटाउने षडयन्त्र गरिरहेको आरोप लगाए । बाहिर हेर्दा संघीयतालाई स्वीकार गरेको देखिए पनि व्यवहारमा भने संघीयतालाई मन नपराउने कांग्रेस र कम्युनिस्टले नै अहिले जसपालाई फुटाएर संघीयता समाप्त पार्न संस्थागत रुपमै लागेको उनले आरोप लगाए ।

पहिचान, समावेशी र संघीयताको जननी जसपा भएकाले जसपालाई कमजोर पारे मात्र संघीयता कमजोर हुने योजनामा कांग्रेस र कम्युनिष्टहरु लागेको उनको आरोप छ । त्यसैले संघीयता र अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धी जोगाउनका लागि पनि जसपा फुट हुनबाट जोगाउनुपर्ने अन्यथा जसपा फुटे त्यो देशकै लागि दुर्भाग्य हुने उनले बताए । यो बैठक नै पार्टीको आधिकारिक बैठक रहेको दाबी उनले गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार