नेभिगेशन
समाचार

एमालेको विभागमा गभर्नर नरहेको भुसालको स्पष्टोक्ति, तर एम. अधिकारीको परिचय भने खुलाएनन्

काठमाडौँ– नेकपा एमालेका नेता तथा अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसालले विभागको सदस्यमा रहेका एम. भुसाल वर्तमान गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्टोक्ति दिएका छन् । प्रतिनिधिसभाको बैठकसहित धेरैतिरबाट प्रश्न उठेपछि भुसालले फेसबुकमा स्टाटस लेख्दै एम. अधिकारी गभर्नर महाप्रसाद नभएको बताएका हुन् । एमालेका विभाग र कमिटीमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहन नपाउने पनि उनले बताएका छन् । तर, प्रमुख भुसालले एम. अधिकारी को हुन् भन्नेबारे चाहिँ खुलाएका छैनन् । विभागका सदस्यमा खोटाङका एम. अधिकारी पनि रहेको उल्लेख छ । गभर्नर अधिकारी पनि खोटाङकै हुन् । त्यसकारण पनि शंका बढेको छ । विभागले अधिकारी को हुन् भन्नेबारे स्पष्ट नपार्दा शंका झनै बढेको छ । भुसालले यसबारे आफुलाई धेरैजनाले चासो राखेको बताउँदै गभर्नर अधिकारीले पनि विभागमा राखिएको उक्त ब्यक्ति आफु नभएको स्पष्टिकरण दिइसकेको बताएका छन् । यो पनि- 

‘मेरो अनुरोध गभर्नरलाई हो, एमाले अर्थ विभाग सदस्य एम

अधिकारीले आफूलाई सम्झिए क्षमा चाहन्छु’ 

 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार