नेभिगेशन
समाचार

सरकारकाे उपलब्धि : सबैलाई खोप उपलब्ध गराएकोदेखि तलब बढाएकोसम्म

काठमाडाैँ–शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको एक वर्ष पूरा भएको छ। २०७८ असार २८ गते सर्वोच्च अदालतको आदेशपछि बनेको देउवा नेतृत्वको गठबन्धन सरकारको एक वर्ष पूरा भएको हो । यसैबिच सरकारले आफ्नो १ बर्से कार्यकाल सफल रहेको दाबी गरेको छ । बुधवार ४३ बुँदे उपलब्धि सार्वजनिक गर्दै सरकारले यो अवधि सफल रहेको बताएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको शासन अन्त्यदेखि, स्थानीय तहको निर्वाचन,  पूर्ण खोपको उपलब्धता, ६८ वर्षमै वृद्ध भत्ता वितरण, राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति, वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियतपूर्ण कर्जाको सुरुवात, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई लाखलाई रोजगारी, एमसीसी अनुमोदन,  'पढ्दै कमाउँदै' र  'महिला पहिला' कार्यक्रम घोषणा, कर्मचारीको तलब वृद्धि, ९ महिनादेखि अवरुद्ध सदन सञ्चालनलगायत कुरालाई सरकारले उपलब्धिका रूपमा उल्लेख गरेको छ । सरकारले सार्वजनिक गरेको ४३ बुँदे उपलब्धि पूर्ववर्ती केपी ओली सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल। • स्थानीय तहको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण रूपमा सम्पन्न। • प्रतिनिधि सभामा विश्वासको मत पाए लगत्तै नागरिकलाई कोभिड-१९ को प्रकोपबाट जोगाउन सरकारको पहिलो प्राथमिकता हुने उद्घोषसहित खोप लगाउन योग्य सबै नागरिकलाई पूर्ण खोप दिलाउन सफल। • कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न विशेष प्याकेज सार्वजनिक गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सफल • सबै मूलकसँग प्रगाढ सम्बन्ध बनाउन राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति अवलम्बन। • आन्दोलनमा घाइते भई यथोचित उपचार नपाएकाहरूको उपचार व्यवस्था, अङ्गभङ्ग भएकाहरूलाई क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारीको व्यवस्था। • गरिबीको रेखामुनि रहेका जनतालाई अत्यावश्यक वस्तुहरू सुपथ मूल्यमा वितरण गर्न गरिब घर परिचय पत्रको व्यवस्था। ग्रामीण क्षेत्रमा आकस्मिक दुर्घटना, बाढी पहिरो, प्राकृतिक प्रकोप जस्ता विपतको बेला सेवा प्रदान गर्न एयर एम्बुलेन्सको व्यवस्था। • सङ्कटग्रस्त उद्योगधन्दा, पर्यटन व्यवसाय, सञ्चार, यातायात जस्ता क्षेत्र र श्रमजीवी, विपन्न, बेरोजगारलगायतको उत्थानका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था। क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता प्रदान गर्ने निर्णय। अति विपन्न गरिब घर परिवारलाई प्रतिघर परिवार दश हजार रुपैयाँका दरले राहत दिने घोषणा। • युवा विद्यार्थी लक्षित 'पढ्दै कमाउँदै' कार्यक्रम र नारी समुदाय लक्षित 'महिला पहिला' कार्यक्रम घोषणा। • राष्ट्रिय गौरवका आयोजनाहरूको गति सन्तोषजनक नभएकाले प्रभावकारी रूपमा काम गर्ने गरी अनुगमन र मूल्याङ्कन संयन्त्र निर्माण। • सम्भावित लगानीका क्षेत्रहरू पहिचान गरी निर्यातलाई बढाउने गरी परियोजनाहरू अघि बढाउने रणनीति तय। नेपाली उत्पादनलाई प्रोत्साहन दिन मेक इन नेपाल कार्यक्रम घोषणा। • विभिन्न क्षेत्रका महिलाहरूको माग र आन्दोलनलाई ध्यान दिँदै माग अनुसार सेनेटरी प्याडमा बजेट मार्फत भन्सार छुट दिने घोषणा। • स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई लगानीमा प्रोत्साहन गर्न स्वागत र सम्मानको कार्यक्रम। • जलविद्युत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउने गरी नीति तय। • सन्तुलित 'नेपाल पहिला' परराष्ट्र नीति लागु। • लगानीमैत्री वातावरणको सिर्जना गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम गर्न सफल। • कोभिडको मारमा परेका उद्योगी-व्यवसायीलाई राहत प्याकेज। • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कामलाई शीघ्रता। • बाढी, पहिरो, डुबानको क्षतिबाट उद्धार, जनतालाई तत्काल राहत एवं पुनर्निर्माणका कामहरू चुस्त रूपमा सम्पन्न • द्वन्द्वकालीन घटनामा छानबिन, पीडितलाई राहत एवम् परिपूरणका लागि सङ्क्रमणकालीन न्यायिक संयन्त्रको क्रियाशील। • अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी संसदबाट अनुमोदन। • भूमि आयोगको गठन गरी भूमिहीन तथा सुकुम्वासी पहिचान र पुर्जा वितरणको थालनी। पाँचखाल भूमिहीनलाई पुर्जा वितरण गर्ने घोषणा। • ज्येष्ठ नागरिकलाई ६८ वर्षमै भत्ता उपलब्ध। • 'किसानसँग सरकार' को नारा सहित कृषिमा रूपान्तरणकारी योजना र बजेटमा उल्लेख्य वृद्धि • किसानलाई पेन्सन सहित प्रोत्साहन र राहतका योजना। • जटिल प्रकारका रोग लागेका नागरिकलाई मासिक पाँच हजार रुपैयाँ राहत भत्ता। • गरिबिका रेखा मुनी रहेका बिरामीका लागि ९८ प्रकारका औषधि निःशुल्क। • वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियतपूर्ण कर्जा। • प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत दुई लाखलाई रोजगारीको सुनिश्चितता। • दुर्गम २५ जिल्लाका सुत्केरीलाई पाँच हजार पोषण खर्च। • अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको सन्दर्भमा कर कटाएर भए पनि पेट्रोलियम पदार्थको मूल्य घटाउँदै मूल्यवृद्धि नियन्त्रणको प्रयास। प्रमुख प्रतिपक्षी एमालेले करिब ९ महिनादेखि चल्न नदिएको संसद् अवरोधको अन्त्य। • राष्ट्रसेवक कर्मचारीको मनोबल उकास्न १५ प्रतिशतले तलब वृद्धि। • राष्ट्र हितलाई ध्यानमा राखेर अमेरिकाको 'स्टेट पार्टनरसिप प्रोग्राम' को कार्यक्रमहरू अघि नबढाउने निर्णय। • भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तथा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सम्पन्न। दुई देशबिचको सम्बन्धमा देखा परेका अविश्वास र संशय मेटाएर हार्दिकताको सम्बन्ध विस्तार। • अमेरिकी उच्च अधिकारीहरूको नेपाल भ्रमण तथा नेपालका प्रधानसेनापतिको अमेरिका भ्रमण। • चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा परराष्ट्र मन्त्री र विदेश विभाग प्रमुखको नेपाल भ्रमण तथा एक चीन नीतिप्रति नेपाल सरकारको प्रतिबद्धता। • अन्तर्देशीय प्रसारण लाइन विस्तार गरी छिमेकी मुलुक भारतमा बिजुली विक्री सुरु। • नागरिकताविहीनताको अन्त्य गर्न नागरिकता विधेयक संसदमा पेस। • देउवा सरकार गठनपछि संविधान, संसद् र लोकतन्त्र जोगाउन सफलता। निरङ्कुशताको चिन्ता र आशङ्का अन्त्य भई आशाको रक्तसञ्चार।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार