नेभिगेशन
समाचार

उपसभामुखको निर्वाचन शुक्रबार

काठमाडौँ– प्रतिनिधसभाको उपसभामुख चयनका लागि आगामी शुक्रबार (३१ असार) मा निर्वाचन हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न सङ्घीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिएका छन् । त्यसका लागि बिहीबार मनोनयन दर्ता हुने र शुक्रबार दिउँसो मतदान हुने सभामुख सचिवालय स्रोतले जानकारी दिएको छ।

नेकपा एमालेबाट उपसभामुख बनेकी शिवमाया तुम्बाहाङ्फेले २०७६ माघमा राजीनामा दिएपछि उपसभामुख पद रिक्त रहेको छ। सरकारले उपसभामुख निर्वाचन गर्नुको साटो संवैधानिक परिषद् सम्बन्धि विधेयक ल्याएपछि कांग्रेस भित्रैबाट विरोध भएको थियो।

ओली सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै कांग्रेसले त्यतिबेला उपसभामुख छान्न माग गरेको थियो। तर आफ्नो नेतृत्वमा सरकार बनेपछि संवैधानिक परिषद् ऐन संशोधन गर्ने विधेयकको बाटो समातेर उपसभामुख चयनमा नलागेको भन्दै कांग्रेस भित्रै विरोध भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार