नेभिगेशन
समाचार

चिनियाँ नेता लिउले भेटे नेपाल र खनाल

काठमाडौं - चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियन्चाओले सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का नेताहरूसँग भेटवार्ता गरेका छन् ।

नेपालको चार दिने भ्रमणमा रहेका लिउले मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरुलाई होटेल सोल्टीमा भेटवार्ता गरेका हुन् । आजै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर भेटेका थिए ।

उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेटिसकेका छन् । उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका छ । लिउ नेतृत्वको चिनियाँ टोली गएको आइतबार काठमाडौं आएको थियो । नेपाल उत्रिएकै दिनदेखि लिउले राजनीतिक भेटघाट शुरु गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार