नेभिगेशन
समाचार

सभापतिको राजीनामा माग्दै एमालेद्वारा लेखा समिति बैठक बहिष्कार

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभापतिको राजीनामा माग्दै लेखा समिति बैठक बहिष्कार गरेको छ ।

एमालेले सभापति फेरिएपछि मात्रै लेखा समितिको काम कारबाहीमा उपस्थित हुने अडान राखेको छ । आज बिहान ११ बजे बोलाइएको बैठकमा भट्टराईसँगै लेखा समितिमा रहेका एमालेका सांसदहरू शिवमाया तुम्बाहाङ्फे, गोकुल बास्कोटा, राजेन्द्र गौतम, रघुवीर महासेठ, मैना भण्डारी र सूर्य पाठकले बैठक बहिष्कार गरेका हुन् ।

लेखा समितिको नेतृत्व विपक्षी दलले पाउने परम्परा रहेको भए पनि कांग्रेसले सरकारमा गएको एक वर्षसम्म पनि नेतृत्व नछाडेको भन्दै भट्टराई र बास्कोटाले प्रश्न उठाएका थिए। त्यसपछि उनीहरु बैठकमा नबस्ने भन्दै बाहिरिएका हुन् ।

सार्वजनिक लेखा र महालेखा परीक्षकको प्रतिवेदन हेर्ने जिम्मेवारी हुने भएकाले संसदीय परम्परा भएका मुलुकहरूमा सरकारलाई ‘चेक एण्ड ब्यालेन्स’ गर्न लेखा समितिको नेतृत्व प्रतिपक्षीलाई दिने प्रचलन छ । अहिले लेखा समितिमा सत्तारूढ नेपाली कांग्रेसका भरतकुमार शाह सभापति छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार