नेभिगेशन
समाचार

उपेन्द्रलाई बाबुरामको आग्रह : वीरगञ्ज वैठक स्थगित गरी सल्लाह गर्न आउनुस्

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई छलफलका लागि आग्रह गरेका छन् ।

काठमाडौंको जडिबुटीमा आजदेखि शुरु भएको आफू पक्षीय केन्द्रीय समितिको बैठकमा उनले भोलिदेखि वीरगञ्जमा हुन लागेको केन्द्रीय समितिको बैठकलाई गुटको बैठकको संज्ञा दिए । बैठक रोकेर वार्तामा आउन उनको आग्रह छ ।

उनले बैठकमा आफ्ना कुरा राख्न दिन समेत आग्रह गरेका छन् । ‘कुनै बाउआमाले आफ्नो सन्तानलाई मार्दैन । त्यस्तै हो, हामी पनि पार्टी फुटाउन चाहन्नौँ । अवैध र गुटको बैठक स्थगित गरेर सल्लाह गर्न आउनुहोस्, बैठक बसौं’, उनले भने, ‘त्यहाँ आएर हामी गलत रहेछौँ भने हामीलाई नङ्ग्याउनुहोस् । तर, बैठकमा हाम्रो कुरा राख्न दिनुहोस्, म उपेन्द्रजीलाई अनुरोध गर्छु ।’ उनले आफूरूको पार्टीमा कालो बादल मडारिरहेको पनि बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार