नेभिगेशन
समाचार

औपचारिक विभाजनको बाटोमा जसपा : भट्टराई पक्षको बैठकमा ११३ केन्द्रीय सदस्य उपस्थित

काठमाडौँ - सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षीय बैठकमा ११३ केन्द्रीय सदस्य उपस्थित भएका छन् । आज (मंगलबार) देखि काठमाडौंको जडीबुटीस्थित एक पार्टी प्यालेसमा शुरु भएको केन्द्रीय समितिको विस्तारित बैठकमा ११३ केन्द्रीय सदस्य उपस्थित भएका हुन् ।

कार्यकारिणी सदस्य गंगा श्रेष्ठले नेताहरू आउने क्रम जारी रहेकाले कति जना बैठकमा उपस्थित भए त्यो अअहिले नै भन्न नसकिने बताए । साँझसम्म मात्र यकिन संख्या थाहा हुने उनले बताएका छन् । जसपा अर्को नेता दीपक महतोले कतपिय सांसद तथा नेता कारबाहीको डरले बैठकमा उपस्थति नभएको दाबी गरे । पार्टीको केन्द्रीय समतिकिो सदस्य संख्या ४९९ रहेको छ ।

बैठकमा सदस्य रमेश यादवले कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउन लागेको आरोप लगाए । ‘उपेन्द्रले पार्टी फोड्न खोजे । घरमा, होटेलमा, जनकपुरमा गुट बैठक गर्नेले पार्टी फोड्न खोजेको हो, बाबुरामले होइन’, उनले भने । उनले बाबुरामले पार्टी फुटाउन लागेको आरोप गलत भएको जिकिर गरेका छन् ।

आजको बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् । सो प्रतिवेदनमाथि समूहगत छलफल हुने एजेन्डा तय भएको छ । आजै समूह विभाजन गरेर बैठक स्थगन हुने तयारी रहेको एक नेताले बताए । दोस्रो दिन राजनीतिक प्रतिवेदन माथिको छलफल टिम लिडरले प्रस्तुत गर्ने र आवश्यक परिमार्जनसहित पारित हुने र अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ । अध्यक्ष उपेन्द्र यादवले बुधबार र बिहीबारका लागि केन्द्र्रीय समितिको बैठक बोलाएका छन् । छुट्टाछुट्टै बैठक बोलाएसँगै जसपा आन्तरिकरूपमा विभाजन भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार