नेभिगेशन
विज्ञान प्रविधि

सल्यानमा अरिङगालले टोकेर बालकको मृत्यु

सल्यानमा अरिङगालले टोकेर एक बालकको मृत्यु भएको छ। कालिमाटी गाउँपालिका–४ बस्ने ललित रानाका ७ वर्षीय छोरा देवदर्शनको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार दिउँसो बाख्रा चराउन घर नजिकै खेतबारीमा गएको बेला रानालाई अरिङगालले टोकेको थियो।

रानाको सुर्खेतको मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। बालक रानालाई धेरै वटा अरिङगालले एकै पटक टोकेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्