नेभिगेशन
विज्ञान प्रविधि

करेन्ट लागेर भक्तपुर र उदयपुरमा दुई जनाको मृत्यु

काठमाडौं - भक्तपुर र उदयपुरमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका-४ बसाहा घुम्तेली टोलका ४७ वर्षीय धनकुमार राईको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सुत्ने कोठाको ढोका खोल्ने क्रममा बिजुलीको तारमा छोइएर करेन्ट लाग्दा घाइते भएका राईको उपचारका क्रममा चौदण्डीगढी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै, भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ मनहरामा रहेको सुकुम्वासी बस्तीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

आफ्नो बनाउँदै गरेको घरको ढलानको तार मिलाउने क्रममा करेन्ट लागेर सुकुम्वासी बस्तीमा बस्ने ५२ वर्षका दिलबहादुर तामाङको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्