नेभिगेशन
विज्ञान प्रविधि

रुपन्देही बस दुर्घटना : नौमध्ये चार मृतकको पहिचान

भैरहवा - भैरहवा-परासी हुलाकी सडक अन्तर्गत रोहिणी पुलमा आज (आइतबार) विहान भएको दुर्घटनामा मृत्यु हुने ९ जनामध्ये चार जनाको पहिचान भएको छ । भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारकालागि पुर्‍याइएका २० जना घाइतेमध्ये ५ जनाको मृत्यु भएको हो । मृतक पाँच जनामध्ये तीन जनाको पहिचान भएको अस्पतालमा स्रोतले बताएको छ । स्रोतका अनुसार, पहिचान हुनेमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट जिल्लाका २० वर्षीय दिनेश दास र बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल छन् । भीम अस्पतालमा मृत्यु हुने चार जनामध्ये रुपन्देहीको ओमसतिया-४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको खुलेको छ । हाल उपचाररत रहेका २४ जना यात्रुमध्ये १६ जनाको अवस्था गम्भीर छ । जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको रात्रिबस बिहान साढे ४ बजे पुलबाट खस्दा दुर्घटनामा परेको थियो । के कारणले दुर्घटना भएको हो भन्ने बारेमा कारण खुल्न सकेको छैन । अधिकांशले घाइते यात्रुले दुर्घटनाको बेलामा आफू निदाएको बताएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्