नेभिगेशन
विज्ञान प्रविधि

रुपन्देही बस दुर्घटना अपडेट : नौं जनाको मृत्यु, २४ घाइतेमध्ये १६ को अवस्था गम्भीर

रुपन्देही - रुपन्देहीमा भएको यात्रुबाहक बस दुर्घटनामा नौं जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको रुपन्देही प्रहर प्रवक्ता डएिसपी नवरत्न पौडेलले जानकारी दिएका छन् । नौं जनाको अवस्था भने मध्यम रहेको उनले बताए ।

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४ः२० बजे भैरहवा-परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका-३ र ओमसतिया गाउँपालिका-४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए ।

दुर्घटनामा घाइतेहरुको प्रहरीले उद्धार गरेर भैरहवास्थित भीम अस्पताल, र युनिभर्सल मेडिकल कलेजमा उपचारका लागि ल्याएको छ । भीम अस्पतालमा ल्याइएका १३ जना घाइतेमध्ये एक महिला र तीन पुरुषको मृत्यु भएको अस्पताललले जनाएको छ । यस्तै, मेडिकल कलेजमा पुर्‍याइएका २० जना घाइतेमध्ये ५ जना पुरुषको मृत्यु भएको छ । अन्यको उपचार चलिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्