नेभिगेशन
विज्ञान प्रविधि

मौसम पूर्वानुमानः चार प्रदेशमा वर्षा

काठमाडौँ – स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्व(पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभावले देशभरको मौसममा बदली भएको छ। आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वाअनुमान महाशाखाकाले जनाएको छ। महाशाखाकाअनुसार प्रदेश १ र मधेस प्रदेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। देशको बाँकी भूभागमध्य केही ठाउँमा आंशिक बदली भए पनि अन्य ठाउँमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। भोलि र पर्सि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने महाशाखाको अनुमान छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्