नेभिगेशन
विज्ञान प्रविधि

आज दिनभरका १० मुख्य खबर हेर्नुहोस्

काठमाडौं - आजबाट क्यानडा नेपालले दिनभरका प्रमुख १० समाचारको सारांश प्रस्तुत गर्ने भएको छ । आजदिनभरका घटेका, क्यानडा नेपालमा प्रकाशित प्रमुख दश समाचारलाई यहाँ समक्ष प्रस्तुत गरेका छौँ । हामीले विश्वास लिएका छौँ, दिनभर तपाईको व्यस्तताले पढ्न नपाउने भएका तथा छुटेका मुख्य समाचार यहाँकै लागि प्रकाशित गरेका छौँ । १. आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आज पनि प्रतिनिधिसभा बैठकमा छलफल, अर्थमन्त्री जनार्दन शर्माद्धारा आगामी आर्थिक वर्षको बजेटसँग जोडिएका विनियोजन विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक २०७९ र ऋण तथा जमानत विधेयक २०७९ प्रस्तुत । यहाँ क्लिक गर्नुहोस् - अर्थमन्त्री शर्माद्वारा बजेटसँग जोडिएका तीन विधेयक प्रस्तुत २. भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसँग गरिएको १२ प्रश्न, उनी भन्छिन् - 'आगामी पाँच वर्षमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सम्पन्न हुनेछ । देशकै ठूलो तीन हजार क्षमताको अन्तर्राष्ट्रियस्तरको सिटी हल सम्पन्न हुनेछ । त्यस्तै नारायणी तटबन्ध र महानगरीय रिङरोड सम्पन्न हुन्छ । नारायणीको ‘सिग्नेचर ब्रिज’ प्राथमिकतामा राखेको छु । महानगरभित्रको फोहर व्यवस्थापन दिगो रुपमा सम्पन्न हुनेछ भने भरतपुरको पुल्चोक-गोद्राङ सडक ब्युटिफिकेसनसहित सम्पन्न हुन्छ । हरेक क्षेत्रका योजना अब ब्युटिफिकेसनसहित सम्पन्न गर्ने लक्ष्य छ । ' यहाँ क्लिक गर्नुहोस् - समृद्ध भरतपुर नै मेरो सपना : रेनु दाहाल (अन्तरवार्ता) ३. नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टीको नवौँ महाधिवेशन असोज १ गतेदेखि ८ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने, पार्टीको १३औँ पूर्ण बैठकका निर्णय सार्वजनिक गर्नको लागि आयोजित पत्रकार सम्मेलनमा विप्लवले भने – ‘पुँजीवादी टकरावको कारणले यहाँ पनि महंगी खेप्नुपर्ने निष्कर्ष निकालेका छौँ’ यहाँ क्लिक गर्नुहोस् - पुँजीवादी टकरावको कारण महंगी – विप्लव ४. काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोलसहितको टोली नुवाकोटको सिसडोल पुगे । शाहले काठमाडौँको फोहोर समस्याको दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने र खादा–माला नलगाउने घोषणा गरे । काठमाडौं महानगरको बैठक अब प्रत्येक महिनाको पहिलो सोमबार । यहाँ क्लिक गर्नुहोस् - सिसडोल पुगे काठमाडौँका मेयर र उपमेयर ५. वामपन्थी आन्दोलनका मूल नेताहरू नै वाम एकताको पक्षमा नभएको नेकपा एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनालको भनाई । उनी भन्छन् ताहरूले एकताको आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो ? भन्ने कुरा नबुझेसम्म वामपन्थी एकता सम्भव नै हुँदैन । यहाँ क्लिक गर्नुहोस् - वामपन्थी आन्दोलनका मूल नेताहरू नै वाम एकताको पक्षमा छैनन् – झलनाथ खनाल ६. रूसले युक्रेनमाथि आक्रमण गरेको शुक्रबार १०० दिन पूरा। यो अवधिमा एक करोड २० लाख युक्रेनी नागरिक आन्तरिक तथा बाह्यरूपमा विस्थापित बनेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क रहेको छ । यो अवधिमा दुवै देशका हजारौं सैनिक मारिएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा यूक्रेन आक्रमणका लागि आफ्नो फौजलाई आदेश दिएदेखि हजारौं मानिसहरू मारिएका छन् । यहाँ क्लिक गर्नुहोस् -  रूस र यूक्रेन युद्धको १०० दिन पूरा ७. ५ देखि ११ वर्षका बालबालिकालाई असार ९ गतेदेखि ‘फाइजर’ खोप लगाइने । पहिलो चरणमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्म सञ्चालन गरिने छ । यस्तै दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने । यहाँ क्लिक गर्नुहोस् - ५ देखि ११ वर्षका बालबालिकालाई असार ९ गतेदेखि ‘फाइजर’ खोप ८. बजेट बनाइरहँदा चुनाव दिमागमा राखिएको छैन भन्छन् अर्थमन्त्री जनार्दन शर्मा । सांसदहरुले इन्डक्सन चुलो बाँडेर भोट तान्न खोजेको आरोपको पनि जवाफ दिदै उनले त्यस्तो आफूले नखोजेको बताए । यहाँ क्लिक गर्नुहोस् -  बजेट बनाउने क्रममा दिमागमा चुनाव राखेको थिइनँ : अर्थमन्त्री शर्मा ९. मूल्यवृद्धिको छानबिन गर्नको लागि संसदीय समिति बनाउन नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईको माग । आयल निगमले गरेको पेट्रोलियम पद्धार्थको आयातको कामलाई निजीक्षेत्रलाई दिने काम असाध्यै ठूलो कमिसनको सेटिङमा आधारित रहेको कुरा चलेको भन्दै यसको जवाफ सरकारले दिनुपर्ने उनको भनाई । यहाँ क्लिक गर्नुहोस् -  मूल्यवृद्धिको छानबिन गर्नको लागि संसदीय समिति बनाउन एमाले नेता भट्टराईको माग १०. एक सातामै १५ करोड कमायो दयाहाङ र सौगातको फिल्म ‘कबड्डी ४’ ले । बनायो फरक फरक रेकर्ड । प्रदर्शन भएको दिनदेखि ५ दिनसम्म आइपुग्दा फिल्मले १० करोड कमाउन सफल भएको थियो । यस फिल्मले पहिलो सातामा धेरै कमाउने फिल्म पनि बनेको छ । यहाँ क्लिक गर्नुहोस् -  एक सातामै १५ करोड कमायो फिल्म ‘कबड्डी ४’ ले
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्