नेभिगेशन
समाचार

अर्थमन्त्रीलाई गगन थापाको प्रश्न : बजेटको आकार बढाइएको छ, स्रोत के हो ?

काठमाडौं - सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बजेटको आकार वृद्धि गरिएकोमा स्रोतको के हो भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै महामन्त्री थापाले चालु बजेटको आकार घटाइएको बताउँदै आगामी आर्थिक वर्षको बजेटको आकार बढाएकाले स्रोत र आधार के हो भन्दै अर्थमन्त्रीलाई प्रश्न गरका हुन् ।

थापाले स्रोत व्यवस्थापन कसरी गर्ने भनेर अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गरेका हुन् । ‘राजश्वको लक्ष्य अघिल्लो वर्षभन्दा कम हुने देखिएकाले म राजश्व बढाउँछु भनेर कसरी विश्वास दिलाउनु हुन्छ ? आश्वस्त हुने आधार के हो ?’ उनले भने । थापाले अर्थ मन्त्रालयले नीतिले कुनै एउटा समूहलाई पोस्ने काम गर्न नहुने धारणा राखे ।

उनले देउवा सरकार हुँदा सुदूरपश्चिम र ओली सरकार हुँदा पुर्व केन्द्रित बजेट आउने जनगुनासो भएको तर्फ संकेत गर्दै अहिले त्यस्तो नभएको विश्वास कसरी दिलाउन सकिन्छ भनेर प्रश्न गरे । उनले कृषिको सन्दर्भमा आत्मनिर्भर बढाउने विषयमा बजेटमा समावेश गरेको बताए। थापाले प्रदेशको सरकारलाई बोलाएर प्रधानमन्त्री देउवाले बजेटबारे छलफल नगरेको भन्दै असन्तुष्टी जनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार