नेभिगेशन
विज्ञान प्रविधि

विमान दुर्घटना : यसरी गरेको थियो नेपाली सेनाले शव सङ्कलन र उद्धार (तस्वीरहरू)

काठमाडौं - तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ जनाकै शव फेला परेको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन-एनएइटी विमान आइतबार थासाङ गाउँपालिकाको केन्द्र कोवाङमा दुर्घटना भएको थियो । दुर्घटनामा विमानमा रहेका ३ जना चालक दलका सदस्य र १९ यात्रुको मृत्यु भएको थियो । आइतबार भएको घटना खोजी गर्ने क्रममा सोमबार बिहान फेला परिएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर शव सङ्कलन र उद्धार गरेका थिए । नेपाली सेनाले उद्धार गर्दाका केही तस्बिरहरु सार्वजनिक गरेको छ । तस्बिर - नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालयबाट  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्