नेभिगेशन
विज्ञान प्रविधि

सुर्खेत पुगिन् राष्ट्रपति भण्डारी

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत पुगेकी छिन् । उनी सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडीमालिका मन्दिरमा दर्शन गर्नको लागि मंगलबार नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यहाँ पुगेकी हुन् । उनी नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बस्ने र बुधबार बिहान बाजुरातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनले बुधबार मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ । यस्तै उनले सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गर्नेछिन् । उनी बुधबार नै काठमाडनैं फर्कने कार्यक्रम रहेको जनाइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्