नेभिगेशन
विज्ञान प्रविधि

निर्दोषलाई फसाइएको भन्दै चावहिलमा विरोध प्रदर्शन, नायिकाले माफी माग्नुपर्ने माग

काठमाडौं - कबड्डी-४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा निर्दोषलाई फसाइएको भन्दै काठमाडौंको चावाहीलमा विरोध प्रदर्शन गरिएको छ । बौद्ध भिक्षु समेत रहेका मुगुका फुर्वा लामालाई फसाउने नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने मागसहित एक समूहले काठमाडौंको चावाहीलस्थीत केएल टावर अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले कबड्डी–४ पोष्टर पनि जलाएका थिए । विरोध प्रदर्शनपछि लामालाई रिहा गरिसकिएको छ । चलचित्रको प्रचारका लागि गएका बेला आफुमाथि अभद्र व्यवहार गरेको भन्दै नायिका मगरले प्रहरीमा उजुरी दिएपछि सोमबार उनी पक्राउ परेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्