नेभिगेशन
विज्ञान प्रविधि

सम्पर्कविहीन जहाजमा गोरखाका एकै परिवारका ४ जना पनि सवार

काठमाडौं – आइतबार पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको विमान अझै सम्पर्कविहीन छ । बेपत्ता भएको जहाजको खोजीको लागि नेपाली सेनाको हेलिकोप्टर मुस्ताङको थासाङ पुगिसकेको छ । जहाज मुस्ताङको धौलागिरि हिमाल र मानापाथी हिमालको फेद आसपासमा बेपत्ता भएको आशंका गरिएको छ । पोखराबाट उडेको जहाज बिहान १० बजेर १२ मिनेटमा जोमसोम नागरिक उड्यन कार्यालयको टावरसँग सम्पर्क भए पनि त्यसपछि सम्पर्कबिहीन भएको बताइएको छ । सम्पर्कविहीन जहाजमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु सवार थिए । जसमा दुई जना तेस्रो मुलुकका र चार जना भारतीय नागरिक थिए । उक्त जहाजमा तीन जना चालकदलका सदस्यसहित पाइटल वसन्त लामा पनि सवार थिए । उनी आफ्नो ड्यूटी सकेर विदा मनाउन जोमसोम जान लागेका थिए । यसै विमानमा घुम्न निस्किएका गोरखाका एकै परिवारका ४ जना पनि रहेका छन् । जहाजमा गोरखाको सहिद लखन गाउँपालिका–५ तीनमाने स्थायी ठेगाना भएका गणेशनारायण श्रेष्ठ परिवार रहेको बताइएको छ । गणेशनारायणकी श्रीमती रश्मिसहित छोरीहरु रोजिना र रविना मुस्ताङ घुम्न तारा एयरमा गएको छिमेकी बिजय पुडासैनीले जनाएका छन् । उनका अनुसार गणेशनारायण आफ्ना छोरीहरु अमेरिकाबाट फर्केको खुसीमा पारिवारलाई नै लिएर घुम्न निस्केका थिए । असहले उनीहरुको फोन पनि अफ रहेको बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्