नेभिगेशन
विज्ञान प्रविधि

तारा एयरको जहाज खोज्न गएको सेनाको हेलिकोप्टर थासाङमा अवतरण

मुस्ताङ - विहादेखि हराइरहेको तारा एयरको जहाज खोज्न गएको नेपाली सेनाको हेलिकोप्टर मुस्ताङको थासाङमा अवतरण भएको छ । थासाङबाट हिंडेर सो क्षेत्र पुग्न ५/६ घण्टा लाग्ने बताइएको छ । जहाज मुस्ताङको धौलागिरि हिमाल र मानापाथी हिमालको फेद आसपासमा बेपत्ता भएको आशंका गरिएको छ । पोखराबाट उडेको जहाज बिहान १० बजेर १२ मिनेटमा जोमसोम नागरिक उड्यन कार्यालयको टावरसँग सम्पर्क भए पनि त्यसपछि सम्पर्कबिहीन भएको बताइएको छ । आइतबार बिहान ९ः५५ बजे जहाज जोमसोमका लागि उडेको थियो । जहाजमा तीन जना चालक दलका सदस्य र १९ जना यात्रु छन् । जहाजमा पाइलट प्रभावकर घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयरहोस्टेज किस्मी थापा छन् । जहाजमा दुई जर्मन नागरिक, चार भारतीय र १३ नेपाली यात्रु रहेको नागरिक उड्डयन कार्यालय पोखराले जानकारी दिएको छ । सो ठाउँको खराव मौसमका कारण बेपत्ता जहाजको खोजी कार्यमा कठिनाइ भएको छ । जिल्ला प्रशासन मुस्ताङका अनुसार जहाज खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी , प्रहरी र सो क्षेत्रका स्थानीयलाई परिचालन गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्