नेभिगेशन
विज्ञान प्रविधि

सम्पर्कविहीन जहाजमा अर्का पाइलट पनि थिए, उनी विदा मनाउन जाँदै थिए

काठमाडौं – आइतबार पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको ट्वीनटर विमान अझै सम्पर्कविहीन छ । बेपत्ता भएको जहाजको खोजी भइरहेको छ तर यहाँ निर नै भन्ने यकिन हुन सकिरहेको छैन । ‘अल्फा इको ट्यांगो’ कल साइनको विमानका पाइलटको मोबाइल नेटवर्क चलिरहेको पाइएको छ । विमानका पाइलटको मोबाइलमा घण्टी गइरहेको छ भने अहिले ट्रेसिङको काम भइरहेको जनाइएको छ । सम्पर्कविहीन जहाजमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु सवार थिए । जसमा दुई जना तेस्रो मुलुकका र चार जना भारतीय नागरिक थिए । उक्त जहाजमा तीन जना चालकदलका सदस्यसहित पाइटल वसन्त लामा पनि सवार थिए । उनी आफ्नो ड्यूटी सकेर विदा मनाउन जोमसोम जान लागेका थिए । पाइटल लामाले आइतबार बिहान मात्र जहाज उडाएका थिए । जोमसोम जानुअघि पाइटल लामाले चार उडान भरेका थिए । त्यसपछि पाइटल प्रभाकर प्रसाद घिमिरेलाई हस्तान्तरण गरेको यति एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जनाएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्