नेभिगेशन
विज्ञान प्रविधि

लार्जुङ पुगेको आर्मीको टोली फर्कियो, उद्धार अन्योलमा

पोखरा - आइतबार सम्पर्कविहीन भएको तारा एयरको जहाज खोज्न गएको आर्मी फर्किएको छ । जहाज दुर्घटना भएको आशंका गरिएको लार्जुङ पुगेको आर्मीको टोली फर्किएको हो ।आर्मीको टोली कोवाङतर्फ नै फर्किएको हाे । अझै दुर्घटनास्थल एकिन हुन सकेको छैन । दुर्घटनास्थलबारे अन्योल हुँदा अलमलिएको बताइएको छ । सबैतिरका स्थानीयले आवाज सुनेको भनेपछि उक्त क्षेत्रमा आर्मी पुगेको थियो । जहाजमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु सवार थिए । जसमा दुई जना तेस्रो मुलुकका र चार जना भारतीय नागरिक थिए । उक्त जहाजमा तीन जना चालकदलका सदस्यसहित पाइटल वसन्त लामा पनि सवार थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्