नेभिगेशन
विज्ञान प्रविधि

आठ महिनामा ३२५ किमी सडक कालोपत्र र ८० पुल निर्माण पूरा

काठमाडौं - सरकारले चालू आर्थिक वर्षको आठ महिनामा ३२५ किलोमिटर सडक कालोपत्र र ८० पुलको निर्माण सम्पन्न गरेको छ । सरकारले शनिबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार गत फागुनसम्ममा २६५ किमी सडकखण्ड ग्राभेल भएको छ भने ९५ किमी मर्मत भएको छ ।

हालसम्म १६ हजार ९३९ किमी कालोपत्र सडक र आठ हजार हजार ८२१ किमी कच्ची गरी सडकको लम्बाइ ३३ हजार ८७१ किमी पुगेको छ । गत असारसम्ममा १६ हजार ६१४ किमी कालोपत्र, आठ हजार ७१ किमी खण्डस्थित र आठ हजार ९३१ किमी कच्ची सडक थियो । गत आवमा नै ४७२ किमी नयाँ माटे सडक निर्माण भएको उल्लेख छ । यो अवधिमा ७३९ किमी सडक ग्राभेल र एक हजार १९० किमी सडक कालोपत्रमा स्तरोन्नति भएको थियो । गत आवमा नै सात हजार १८७ किमी सडक नियमित र पटके मर्मत र ४२४ किमी आवद्यिक मर्मत भएको थियो । गत आवमा १९२ पुल सम्पन्न भएको थियो ।

फागुनसम्ममा नै प्रादेशिक र स्थानीयस्तरका कच्ची, ग्राभेल र कालोपत्र गरी ९२१ किमी सडक निर्माण भएर जम्मा ६४ हजार ६१७ किमी सडक निर्माण भएको छ । गत असारसम्ममा कूल प्रादेशिक र स्थानीय सडकको लम्बाइ ६३ हजार ६९६ किमी रहेको थियो । निर्मित सडकमध्ये कालोपत्रको अङ्स सात प्रतिशत, गाभ्रेलको २१ प्रतिशत र कच्ची सडकको ७२ प्रतिशत रहेको छ । निर्माण भएका कच्ची सडकको क्रमिकरुपमा स्तरोन्नति गर्नुपर्ने र विद्यमान सडक चौडा गर्नुपर्ने सर्वेक्षणमा बताइएको छ ।

गत फागुनसम्म कूल सडकमध्ये हिमाली क्षेत्रमा १६ प्रतिशत, पहाडमा ५५ प्रतिशत र तराईमा २९ प्रतिशत रहेको थियो । राष्ट्रिय गौरवका आयोजनामध्ये मध्यपहाडी (पुष्पलाल) राजमार्ग ४४ किमी थपिएर एक हजार १५७ किमी पुगेको छ । यहाँका १२९ पुलमध्ये हालसम्म ९२ पुल निर्माण सम्पन्न भएका छन् । हुलाकी राजमार्गमा यो अवधिमा ८१ किमी सडक र पाँच पुल निर्माण भएको थियो । उत्तर-दक्षिण करिडोरमध्ये कालीगण्डकी करिडोरमा यो वर्ष गैँडाकोट-राम्दी-मालढुङ्गा खण्डमा ६४ किमी कालोपत्र भएको थियो । मालढुङ्गा-बेनी जोमसोम कोरला १३२ किमी ग्राभेल र २५ किमी कालोपत्र भएको थियो ।

कर्णाली करिडोरमा यो वर्ष सिमकोट-सरीसल्ला तीन किमी ट्रयाक थप भएर २६१ किमी ट्र्याक निर्माण भएको छ । कोसी करिडोरमा यो वर्ष थप चार किमी ग्राभेल थपिएर ग्राभेल सडकको लम्बाइ ७२ किमी पुगेको छ । मदन भण्डारी राजमार्गमा गत फागुनसम्ममा थप चार किमीमा कालोपत्र भएर कालोपत्र सडक २४१ किमी पुगेको । जम्मा १८५ पुल निर्माण गर्नुपर्नेमा हालसम्म ७७ पुल सम्पन्न भएको छ ।

प्रमुख व्यापारिक सडकमध्ये रानी-विराटनगर-इटहरी-धरान खण्डमा दुई किमी, जटही-जनकपुर-ढल्केबर खण्डमा एक दशमलव दुई किमी, वीरगञ्ज-पथलैया दुई दशमलव दुई किमी र मोहना-अत्तरिया खण्डमा ५०० मिटर कालोपत्र सम्पन्न भएको छ । स्थानीय पूर्वाधारअन्तर्गत गत फागुनसम्ममा नै २१५ झोलुङ्गे पुल र चार सडक पुल निर्माण भएको छ । हाल झोलुङ्गे पुलको सङ्ख्या नौ हजार ३८८ र सडक पुलको ६२७ पुगेको छ । पहिचान भएका १४३ तुइनमध्ये १३४ तुइन झोलुङ्गे पुलद्वारा विस्थापित गरिएको जनाइएको छ ।

सत्र हजार १८ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान यातायाततर्फ, सवारीसाधनमा चालू आवमा १७ हजार १८ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ । हालसम्म एक लाख ३५ हजार ३४१ इम्बोस्ड नम्बर प्लेट उत्पादन भएर आठ हजार ३६७ सवारीसाधनमा जडान गरिएको छ । चालू आवमा दुई लाख ४६ हजार ६५२ सवारी चालक अनुमतिपत्र वितरण भएको छ । सार्वजनिक यातायातमा जिपिएस भेइकल ट्रयाकिङ प्रणाली लागू गर्न ३५ सार्वजनिक सवारीसाधनमा जडान गरिएको छ ।

५६ किमी रेलमार्ग सम्पन्न, रेल सञ्चालन सुरु रेल यातायातमा जयनगर-जनकपुर-कुर्था-विजलपुरा रेलमार्ग र बथनाहा-विराटनगर रेलमार्गमा नेपालतर्फको ७९ किमीमध्ये हालसम्म ५६ किमी सम्पन्न भइसकेको छ ।

चालू आवमा नै जयनगर-कुर्था रेलमार्ग सञ्चालनमा ल्याइएको छ । पूर्व-पश्चिम विद्युतीय रेलमार्गको बर्दिवास-निजगढ खण्डमा चालू आवमा एक दशमलव पाँच किमी ट्रयाक-बेड निर्माण भएको छ । हाल ट्रयाक-बेडको लम्बाइ ५० दशमलव पाँच किमी पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजनाको ९४५ किमी को विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ ।

जलयातायात सञ्चालनका लागि सम्भाव्यता अध्ययन जलयातायात सञ्चालनका लागि सम्भाव्यता अध्ययन भएको छ । हालसम्म कणर्ाली नदी (खक्रौला-खिमडी) ११५ किमी, कालीगण्डकी (राम्दी-देवघाट) ९५ किमी, कोशी नदी (चतरा-तुम्लिङटार) ७५ किमी, नारायण नदी (देवघाट-गण्डक) ८५ किमी, त्रिशूली (देवघाट-मुग्लिन) २२ किमी, सुनकोसी नदी(अरुण दोभानदेखि माथि) २२ किमीमा आन्तरिक जलमार्गमा जलयान सञ्चालनसम्बन्धी सम्भाव्यता अध्ययन सम्पन्न भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्