नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र आफू एक चीन नीतिमा अहिले पनि प्रतिबद्ध रहेको दाबी गरेका छन्। संसदमा नीति तथा कार्यक्रमको छलफलमा उठेको प्रश्नमा जवाफ दिँदै उनले यस्तो जवाफ दिएका हुन्। नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले चीनविरुद्धको गतिविधि भइरहेको र नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत काम भइरहेको आरोप लगाएका थिए। उनले अमेरिकी विदेश राज्यमन्त्रीको भ्रमणका समयमा तिब्बती शरणार्थीलाई भेटेको भन्दै उनले सरकारसँग जवाफ माग गरेका थिए। ओलीले नेपाल पश्चिमतर्फ ढल्कँदा परराष्ट्र नीतिमा समस्या भएको दावी गरेका थिए। जवाफमा प्रधानमन्त्रीले नेपाल सधै एक चीन नीतिको पक्षमा रहेको स्पष्ट पारे।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:२९
प्रतिक्रिया दिनुहोस्